पछिल्लो २४ घण्टामा १८७५ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ असार

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। ५ हजार ३७४ जनामा आरटी-पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।

यस्तै, गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *