कोरोना संक्रमित पूर्वराज दम्पतीको अक्सिजन दिएर उपचार भइरहेको छ: नर्भिक अस्पताल

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १४ बैशाख

कोरोना संक्रमित भई भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजन दिएर उपचार गरिरहेको नर्भिक अस्पतालले जानकारी दिएको छ।

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो। उनीहरु गत शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका थिए।

‘कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो,’ अस्पतालले भनेको छ।

साथै, उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्टबिनै उपचार भइरहेको जानकारी दिइएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *