बञ्चरेडाँडामा बुधबार पनि  फोहोर विसर्जन गर्न  अवरोध

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ जेठ

काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्।

काठमाडौं महानगरपालिकाको वातावरण शाखाका अनुसार स्थानीयको विरोध जारी रहेका कारण फोहोर विर्सनामा अवरोध भइरहेको छ।

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोर विसर्जन हुने नुवाकोटका २ पालिकाका जनप्रतिनिधिबीच फोहोर व्यवस्थापनका सन्दर्भमा सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर उठाउन थालिएको थियो।

मंगलबार काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयले बाटोमै रोकेर अवरोध गरेका थिए। पछि प्रहरी परिचाल गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरिएको थियो।

बञ्चरेडाँडाका स्थानीयले भने पालिकाका जनप्रतिनिधिले गरेको सहमतिबारे आफूहरुलाई जानकारी नै नभएको र उक्त सहमति आफूहरुका लागि मान्य नहुने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *