
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ जना पुगेको छ। गत २४ घण्टामा ७२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा एकजना, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा एकजना, झापामा ५, ताप्लेजुङमा एकजना, तेह्रथुममा २, धनकुटामा एकजना, भोजपुरमा एकजना, मोरङमा ४०, सुनसरीमा २६ र सोलुखुम्बुमा एकजनामा कोरोना भेटिएको छ।
प्रदेश २ को र धनुषामा ४ जना र बारामा एकजनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३०० जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा ६, लमजुङमा ३, बागुलङमा ३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा एकजना, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ६, रुपन्देहीमा २० र कालिकोटमा एकजनामा कोरोना पाइएको छ।
यस्तै कर्णाली प्रदेशको जाजरकोटमा २ जना, जुम्लामा एकजना, डोल्पामा ३, दैलेखमा ३, सल्यानमा २ र सुर्खेतमा १४ जनामा कोरोना भेटिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जनामा कोरोना भेटिएको छ।