काठमाडौं उपत्यकामा ३११ संक्रमित थपिए 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ६ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११  जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९४ हजार ९०९ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९१ हजार ७ जना निको भएका छन्।

ललितपुरमा १४ हजार ८४९ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ७९ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ६६४ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३२३ जना निको भएका छन्।

आज काठमाडौंमा ३ हजार ४४८  ललितपुरमा ६२८ र भक्तपुरमा २४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ७४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ।

२४ घण्टामा १ हजार ७९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४४ हजार  ७४३ पुगेको छ।
आज देशभर ७ हजार ९७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७९५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *