३ सय ४० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ पुस

देशभर हाल ३ सय ४० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८१ जना आइसियु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २५ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ११ आइसियु र २७ भेन्टिलेटरमा, गण्डकीमा ८२ आइसियु र १२ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आइसियु र ५ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ४८ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *