बिहीबार जिल्लागत रूपमा काेराेना संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ मंसिर

 नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ। गत २४ घण्टामा १ हजार २ सय १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा २ र सुनसरीमा ६६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा ४, महोत्तरीमा ५, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ३ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय २८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा २२, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ५, भक्तपुरमा २५, मकवानपुरमा ६, रसुवामा ४, ललितपुरमा ५१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ८, नवलपरासी पूर्वमा १, लमजुङमा १९, बागलुङमा ११ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २६, नलवपरासीमा ९, पाल्पामा २५, प्यूठानमा ९, बर्दियामा १०, बाँकेमा २५ र रुपन्देहीमा ५६ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको डोल्पामा १, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४८, कञ्चनपुरमा १९, कैलालीमा ९४, डडेल्धुरामा ८, डोटीमा ७, बझाङमा १४ र बैतडीमा १८ कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *