देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ कात्तिक

शनिबार देशभर ७ हजार ७२० कोरोना संक्रमित होम आइसोलसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबार देशभर ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ७ हजार ७२० संक्रमित होम आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५१८ होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ मा ४३,गण्डकी प्रदेशमा  १ हजार ३९१, लुम्बिनी प्रदेशमा १ हजार ५४९, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ७२, जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *