३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ कात्तिक

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

शनिबार ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  ६ हजार १ सय ४०, प्रदेश २ मा १ हजार २१, लुम्बिनी प्रदेशमा  ३ हजार ४ सय २, सुदूरपश्चिम प्रदेशमा ८ सय ५०, गण्डकी प्रदेशमा १ हजार ३५९ र कर्णाली प्रदेशमा ५४४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *