३६५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३१ जना आइसियु र ९ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १२ आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र ३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *