अपर आँखुखोला जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट भक्तपुर
काठमाडौं, १६ असोज


अपर आँखुखोला जलविद्युत् परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रा.लि. बीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) गरेको छ ।
३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उक्त योजनाको लागत करीब ८ अर्ब रुपिया लाग्ने अनुमान गरिएको छ ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गरेको थियो । राजधानीको नजीकमा रहेको आँखु करिडोरको यो आयोजना नेपालका उत्कृष्ट आयोजनामा रहेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *