सर्वोच्चको फैसलाले राजनीतिक अन्योलता सम्बोधन नहुनेः नेमकिपा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २९ असार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसलाले वर्तमान राजनीतिक अन्योलताको सम्बोधन नहुने बताएको छ ।

सर्वोच्चले सोमबार संसद पुनर्स्थापना तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

सांसदहरुलाई दलको ह्विपसमेत नलाग्ने गरी फैसला आएको भन्दै नेमकिपाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताएको छ ।

मंगलबार पार्टी सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै भनेका छन् – यो फैसला व्यवस्थापिकामाथि न्यायापालिकाको आक्रमण हो, प्रजातन्त्रविरोधी कदम हो ।


राजनीतिक दलका सांसदहरूलाई ‘ह्वीप’ नलाग्ने व्यवस्थाले प्रमको निर्वाचनमा सांसदहरूको दलबदल हुनेछ । यो फैसलाबाट संसदीय व्यवस्थामा संसद् विघटन गरी निर्वाचनमा जाने प्रमको विशेषाधिकारमाथि हस्तक्षेप भएको छ । नेपालमा बेलायती पद्धतिको प्रजातन्त्र असफल भएको छ। विज्ञप्तिमा भनिएकाे छ ।
पार्टी सचिव प्रेम सुवालद्धारा हस्ताक्षरीत उक्त विज्ञप्तिले स्पष्ट पारेकाे छ, “यो स्थिति आउनुमा भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने तत्कालीन शासक दलहरू जिम्मेवार छन् । यसले भागबण्डामा न्यायाधीश नियुक्ति गर्नु गलत साबित गर्‍यो । नयाँ जनादेशमा जानु नै तत्कालको उपयुक्त विकल्प भएको पार्टीको अडान पुनः दोहोर्‍याउन चाहन्छौँ ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *