नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ कात्तिक

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्।

आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८१२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *