पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असाेज

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ७३ हजार  २३  जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १३ हजार २ सय ७९  जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा २७ हजार ५४जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ६३३७
प्रदेश २– १४९८१
बाग्मती प्रदेशमा –२६४८७
गण्डकी प्रदेशमा –४०७८
प्रदेश ५मा –१०३९२
कर्णाली प्रदेशमा –३३५०
सुदूरपश्चिम प्रदेशमा ७३९८

Leave a Reply

Your email address will not be published. Required fields are marked *