नेपालमा कोरोना संक्रमित एक लाख नाघे, आज २०५९ लाई संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असाेज

पछिल्लो २४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २०१७ जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *