बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ४ सय ३९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा ४, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २२, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ३ सय २२, संखुवासभामा ३ र सुनसरीमा १ सय ९३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १८, पर्सामा १५, बारामा १३, महोत्तरीमा ५, रौतहटमा ३४, सप्तरीमा ३३, सर्लाहीमा १७ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ९६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५१, चितवनमा १ सय ३१, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा ९, भक्तपुरमा ९५, मकवानपुरमा ९९, रामेछापमा ८, ललितपुरमा २ सय ९३, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा ३० जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३४, गोरखामा १३, तनहुँमा १३, नवलपरासी पूर्वमा १७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १९, बागलुङमा ३४ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका २, कपिलवस्तुका ३३, गुल्मीका ९, दाङका २४, नवलपरासीका १८, पाल्पाका १९, प्युठानका ३, बर्दियाका २२, बाँकेका १ सय ६, रुकुम पूर्वका १, रोल्पाका २ र रुपन्देहीका १ सय ३० जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, डोल्पामा १, दैलेखमा ५, रुकुम पश्चिममा ३, सुर्खेतमा ७८ र सल्यानमा ९ जनाका कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा ४, कैलालीमा २५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा ४८, बझाङमा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २५ हजार ७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार १ सय ६४ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *