सफल महिला उद्यमी मिलन थापा जसले करोडौंको कारोबार र सयौंलाई रोजगारी दिलाईन

अर्थ/वाणिज्य समाचार

पोखरा, ७ फागुन


विगत दुइ दशकदेखि पोखरालाई कर्म थलो बनाएकी सफल महिला उद्यमी मिलन थापा हुन् । २०५२ सालमा पोखराका ब्यवसायी धुर्व्र बहादुर थापासंग बैवाहीक बन्धनमा जोडिएपछि उनको ब्यावसायी यात्रा शुरु भएको हो ।
बैवाहिक जीवन यात्रासंगै उनले गण्डकीमै पहिलो पटक सञ्चाल गरिएको ‘गण्डकी रिकन्डिसन हाउस’मा ब्यवसायीक सहकार्य गरेकी हुन् । केही समयपछि उनको परिवारमा क्रमश ब्यवसायलाई विस्तार गर्ने योजना बन्यो । पुरानो मोटर साइकलको खरिद बिक्रीबाट शुरु भएको ब्यवसायलाई विस्तार गर्दै ‘हिमालयन अर्गनाइजेसन’ नामको संस्था दर्ता भयो ।
ब्यवसायीक घराना बनाउने उदेस्यले ‘हिमालयन अर्गनाइजेसन’ संस्था दर्ता गरेको थापा परिवारले यस संस्था मार्फत करिव डेढदर्जन ब्यवसाय सञ्चालन गर्दै आएको छ। ‘हिमालयन अर्गनाइजेसन’मार्फत सञ्चालन भएका आधादर्जन भन्दा धेरै ब्यावसायीक प्रतिष्ठानको नेतृत्व उनै सफल महिला उद्यमी मिलन थापाले गरेकी छिन् ।
२ दशक अगाडी शुरु गरेको गण्डकी रिकन्डिसन हाउको ब्यवसायीक यात्रा अहिले डेढदर्जन भन्दा बढी ब्यवसायीक प्रतिष्ठान सञ्चालन गर्न सफल भएको उद्यमी मिलन थापाले बताइन् । ‘शुरुको अवस्थामा विभिन्न अभाव र कठिनाइका वावजुद पनि ब्यवसाय अगाडी बढायौं’उनले भनिन् । ‘शुरुको समयमा आर्थिक र ब्यवसायी अनुभबको अभावलाई छिचोल्दै हामीले सुझबुझका साथ ब्यवसायीक यात्रालाई अगाडी बढाएको हौ ।
२०३६ सालमा पोखराको पूmलवारीमा जन्मीएकी महिला उद्यमी थापाले बिद्यालय र कलेज स्तरको अध्ययन पोखरामै गरेकी थिइन् । उनले ब्यवसाय शुरु गर्दा आर्थिक अभाब संगै बजारको समेत अभाव भएको विगतको स्मरण समेत गरिनन् । ‘बजारको अवस्थामा क्रमश सुधार आएपछि हाम्रो ब्यवसायीक यात्रा पनि अगाडी बढ्दै गयो’उनले भनीन् ।
गण्डकी रिकन्डिसन हाउसको सञ्चालन भएको केही समयपछि नयाँ ब्यवासायीक संस्था ‘हिमालयन अर्गनाइजेसन’दर्ता गरेर जापानमा निर्मीत सुजुकी मोटरवाइकको ब्यवसाय शुरु गरेको उद्यमी थापाले बताइन् । ‘हिमालयन अर्गनाइजेसन’ सुजुकी मोटरसाइकलको गण्डकी र धौलागिरिको आधिकारीक बिक्रेता थियो ।जापानीज मोटर साइकलका अन्यको तुलनामा केही महंगो भएका कारण सोचे अनुसारको बजार लिन सकेन् । त्यस लगत्तै ‘हिमालयन अर्गनाइजेसन’ कोरियन मोटरसाइकलको समेत बिक्रेता बन्यो । कोरियन कम्पनीको डेलिम ब्राण्डले पोखरामा राम्रो बजार लिन सफल भयो । त्यसपछि अटो ब्यवसायमा लागेको थापा परिवारको भाग्यनै खुल्यो। दुइपाङग्रे सवारीका साधन बिक्रि गर्दै आएको ‘हिमालयन अर्गनाइजेसन’ले चारपाङग्रे सवारी साधनमा समेत हातहाल्यो ।
पहिलो चरणमा नेपालमै उत्पादन भएको हुलास मोटर्सको आधिकारीक बिक्रेता बनेर चारपाङग्रे सवारीको ब्यवसायीक यात्रा शुरु गरेको ब्यवसायी थापाले बताइन् । ‘हुलासका विभिन्न ब्राण्डका साधनको बिक्रिसंगै अन्य कम्पनीका समेत चारपाङग्रे सवारीको ब्यवसाय थालेका हौं’ उनले भनीन् । ‘दुइ पाङग्रे वाइकबाट शुरु भएको अटो ब्यवसाय चार पाङग्रे सम्म आइपुग्दा ब्यवसायीक घरानाका रुपमा स्थापित भएका छौं ।’
उद्यमी थापाले विगत केही बर्षदेखि फोर्ड मोटर्सको विभिन्न ब्राण्डका सवारीका सधानहरुका लागि नेपालको आधिकारीक बिक्रेताकारुपमा काम गर्दै आएको बताइन् । पछिल्लो समय फोर्ड मोटरका विभिन्न ब्राण्डले नेपालमा राम्रो बजार लिएको छ । यस माटर्सले ठुला र सानागरी विभिन्न मोडलका सवारीहरु नेपाली बजारमा बिक्रि गर्दै आएको छ ।
महिला उद्यमी थापा पछिल्लो समय अटो ब्यवसाय संगै अन्य विभिन्न ब्यवसायमा समेत आबद्ध रहेकी छन् । ब्यवसाय बिस्ताका क्रममा उनले पछिल्लो समय हिमालयन अर्गनाइजेसन, हिमालय इन्भेष्टमेन्ट कम्पनी प्राली,आयम इन्टर कन्टीनेन्टल प्राली, हिमालय रिसोर्ट प्राली,हिमालय अटोवल्ड प्राली,हिमालयन इक्युपमेन्ट प्राली, हिमालय अटो इन्जिनेरिङ प्राली लगायत आधादर्जन भन्दा धेरै ब्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
थापाका विभिन्न ब्यवसायीक प्रतिष्ठानहरुले वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको कारोवार गर्दै आएको छन् ।
थापाले पोखरा, काठमाण्डौं, हेटौंडा, बिराटनगर, चितवन लगायतका ठाउँमा ब्यवसाय संचालन गर्दै आएकी छिन ्। आफ्ना विभिन्न ब्यवसायीक प्रतिष्ठानहरुमा १ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उनले बताइन । ‘हाम्रा विभिन्न ब्यवसायीक प्रतिष्ठानहरुमा एक सय भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएका छांै, अप्रत्यक्ष रोजगारी पाउने पनि धेरै छन’ उनले भनीन् ।
महिला उद्यमी थापाले व्यवसाय गर्दा सेवा पहिलो शर्त हुनुपर्ने बताइन्। ग्राहकसँग हँसिलो, मिजासिलो भएर गुणस्तरिय सेवा दिएमात्रै सफलता हात लाग्ने उनले बताइन।‘ब्यवसाय सफल हुन धैर्यता, ईमान्दारिता र लगनशिलता आवस्यक हुन्छ’ उनले भनीन् ।
महिला उद्यमी थापाले सरकारले साना तथा ठूला उद्यमीहरूसँगको समन्वयमा नीति निर्माण गरी व्यवसायीमैत्री वातावरण बनाउन आवस्यक रहेको बताइन्। उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रक्रिया झन्झटिलो भएको बताइन् । महिला उद्यमशीलता विकासका लागि सरकारले विनाधितो सहुलियत दरमा कर्जा दिने नीति लिए पनि उद्यमीले सहज रूपमा कर्जा नपाएको गुनासो उनको छ ।
झन्झटिलो प्रक्रियाकै कारण ब्यवसायीहरुले विभिन्न समस्या झेल्नुपरेको थापाले बताइन् ।बैक तथा बिक्तिय संस्थाहरुले ब्यवसायीलाई शुरुमा सस्तो बियाजमा सहमती गर्ने र ऋण लिएपछि मनलाग्दो गरी आफू खुशी ब्याज लगाउने गरेको सुनाइन्। ‘बैक तथा बिक्तिय संस्थाले शुरुमा कारोबार गर्दा चलनचल्तीको ब्याज लगाउछन्, जब कारोबार सुरु हुदै जान्छ अनी अस्वभाबीक ब्याज बढाउँछन्’ उनले भनीन् । ‘शुरुमा बैक र ऋणीबीच भएको सहमती धेरै समय टिक्नै पाउँदैन।’
उद्यमी थापाले सरकारलाई ब्यबसायीक कर्जालाई सहज र सरल बनाउन आग्रह गरिन् ।उनले सहज र सरल ब्यवसायीक कर्जाले उद्योगी वातावरणसंगै युवा बेरोजगारलाई समेत ब्यवसाय गर्ने वातावरण श्रृजना गर्ने बताइन ।
थापाले ब्यवसायीक र सामाजिक कार्यसंगै अमेरिका, बेलायत, जापान,जर्मन, अष्ट्रेलीया, क्यानडा, नेदरल्याण्ड्स, हङकङ, थाइलेण्ड, स्वजरलेन्ड, फ्रान्स, बेल्जीयम, दक्षिण कोरिया लगायत करिब २ दर्जनभन्दा बढी देशको भ्रमण गरेकी छन् ।
सामाजिक संघसस्थामा आबद्धता
महिला उद्यमी थापा ब्यवसायमा मात्र आबद्ध छैनन् ।उनी पोखराका एक दर्जन भन्दा बढी सामाजिक संघसस्थामा समेत सक्रिय छिन् ।लायन्स क्लव इन्टरनेशनल,सञ्जिवनी सिस्टर एशोशियसन,जोन्ता क्लब पोखरा, सिभिलसोसाइटी फर गूड गभर्नेस,एकनेष्टि इन्टरनेशनल, रेडियो जननी लगायतका संघसस्थामा उनी आबद्ध छिन् ।
पोखरा क्षेत्रका ब्यावसायी महिलाहरुको अगूवाइमा सञ्चालन हुदै आएको रेडियो जननीको थापा अध्यक्ष समेत छिन् । यस क्षेत्रमा विभिन्न पेशा ब्यवसायमा आबद्ध १८ जना महिलाहरु संलग्नतामा ०६६ साल देखि रेडियो संचालनमा आएको हो ।
सवै क्षेत्रमा पुरुषहरुको मात्र दबदबा रहेको अवस्थामा महिलाले पनि पुरुषहरुले गर्दै आएका कामहरु गर्न सक्छन भन्ने सन्देश दिन महिला दिदिबहीनीको संलग्नतामा रेडियो जनानी संचालन गरिएको थापाले बताइन। ‘सवै क्षेत्रमा पुरुषहरुको मात्र दबदवा बढेको देखेर महिला दिदिबहिनीले पनि केही गर्नूपर्छ भनेर रेडियो खोलेका हौं’ उनले भनीन् । ‘रेडियोमा लगानीकर्ता देखि कर्मचारी सवै महिला मात्र छौ, यसले महिलालाई आत्मनिर्भरता तर्फ उन्मुख गराएको छ।’
रेडियोले महिलाहरुको जीवनस्तर उकास्नका लागि समुदायमा विभिन्न ब्यासायीक तालिमहरु समेत सञ्चालन गर्दै आएको उनले बताइन् ।‘महिला दिदिबहिनीहरुले आयआर्जन गर्न सकुन भनी रेडियोले हस्तकला लगायतका विभिन्न ब्यवसायीक तालिमहरु दिदै आएको छ’ थापाले भनीन् । ‘हामीले तालिम दिएका धेरै दिदिबहिनीले ब्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नू भएको छ।’
साहसिक यात्रमा मिलन
महिला उद्यमी र समाजसेवीमा मात्र सिमित छैनन् मिलन थापा । उनी देश विदेशको भ्रमण देखि शाहसिक कार्यमा समेत उतीनै रुची राक्छीन्। उनले पोखरा क्षेत्रमा ख्याती कमाएको प्याराग्लाइडिङमा उडने देखि अत्यन्त जोखिम मानीने माथिल्लो मुस्ताङको कोरलानाकासम्म गाडी चलाएर चर्चा कमाएकी छिन् ।
३ बर्ष अघि पोखरा देखि लोमाङ्गथान हुदै कोरला सम्म्मको पारिवारिक यात्रामा र केही समय पहिले थासाङ्ग भिलेजसम्मको यात्रामा, जादां आउँदा नै उनले आफैले ड्राइभ गरेकी थिइन्। अत्यन्तै सांगुरा र अप्ठ्यारा सडकमा सहजरुपमा महिलाले ड्राइभ गरेको देखेर बिगत लामो समयदेखि त्यही क्षेत्रमा नियमित ड्राइभ गर्दै आएका चालक समेत दंग परेको थापाले सुनाइन्।‘बाटोमा यात्राका क्रममां अन्य सवारीका चालक तथा यात्रुहरुले समेत मैले ड्राइभ गरेको फर्कि फर्कि हेर्दथे। उनीहरुले हामी तर्फ पर्र्किएर हेरेको देख्दा मलाई निक्कै खुसी लाग्थ्यो’ उनले भनीन् । ‘मुस्ताङको लेतेमा हामीले गाडीरोकेर चिया पिउन ओर्लिदा एकजना त्यहीको रुटमा भाडाको जीप चलाउने चालकले यस्तो जोखिम बाटोमा तपाइले निधक्कसंग गाडी चलाउनु भएको देख्दा अचम्म लाग्यो भन्दै आफ्नो गाडी रोकेर स्यावासी दिए।’
बाटोमा भेटिएका एक जीप चालकले महिलाले जोखिम युक्त सडकमा सवारी चलाएको देखेर थापालाई भनेका थिए, ’मैले यो बाटोमा गाडी चलाउन लागेको झन्डै १० बर्ष जति भयो अहिले सम्म कुनै महिलाले जिप चलाएर हिन्ने हिम्मत गरेको देखेको थिइन, हजुरको साहसलाई मैले सलाम गर्छु मेडम। हामी सधैं यहि रुटमा गाडी चलाइ राख्नेहरुलाई कत्ती गाह्रो छ यहाँ चलाउन तर हजुरले त सहजै ड्राइभ गरेको देख्दा हामीलाई अचम्म लागेको छ ।’
‘हजुरहरु एताबाट जांदा हाम्रा धेरै साथिहरुले हजुरले ड्राइभ गरेको देखेका रहेछ्न त्यसपछि हामीहरु बिचमा हजुरको निकै चर्चा भएको थियो, आज भेट्ने मौका पनि पाइयो ।’ भनेर मलाई सम्मान प्रकट गर्नु भएको थियो’ थापाले भनीन् । ‘त्यो सम्मान वास्तवमा सवै महिला प्रती गरेको सम्मान थियो । किनकि महिलाहरु पनि सबै क्षेत्रमा सक्षम छ्न भन्ने सबैलाई महसुस हुन जरुरी छ’ उनले भनीन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *