चीनबाट ल्याइएका नेपालीमा (कोभिड)१९०को संक्रमण देखिएन स्वास्थ्य मन्त्रालय

समाचार स्वास्थ्य

भक्तपुर, ७ फागुन


चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड)१९० को संक्रमण नदेखिएको पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो।वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो। नमूना संकलन गर्न मात्र चार घण्टा लागेको थियो। क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ। जसमा एउटा परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ। वुहानबाट उद्दार गरेर ल्याइएकाहरू अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका छन्।उनीहरूलाई गत आइबार बिहान वुहानबाट काठमाडौं ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *