भक्तपुर महोत्सव तयारीका लागि भनपामा कर्मचारी भेला

विशेष समाचार समाचार

भक्तपुर, ७ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि चैत्र ४–८ गतेसम्म हुन गईरहेको भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न कर्मचारीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै भक्तपुर नगरवासीमा भएको सीप प्रदर्शन गर्नका लागि भक्तपुर महोत्सव सुवर्ण अवसर भएको बताए ।
भक्तपुरलार्ई जीवनमा एक पटक पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्न सिंगो भक्तपुरका जनता लाग्नुपर्ने र त्यसका लागि जनप्रतिनिधिहरुको नेतृत्व, कर्मचारीहरुको लगनशीलता, व्यवसायीहरुको आतिथ्यता, स्वास्थ्यकर्मीहरुको कर्तव्यनिष्ठता लगायत सम्पूर्ण नगरबासीहरुको साथ र सहयोग आवश्यक रहेको बताउदै उनले क्युवामा जस्तो एक मनको एकता भए जस्तोसुकै कठिन कार्यमा पनि सफलता हासिल गर्न सकिन्छ भने ।
कार्यक्रममा प्रमुख प्रजापतिले महोत्सवमा सम्पदा लगायत नगरको हरेक क्षेत्र, टोल, गल्लीको सरसफाईलाई विशेष ध्यान दिनुपर्ने बताउदै अवलोकनकर्ताले राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई केलाउने हुँदा सबै खाले चुनौती सामना गर्न हामी सक्षम हुनुपर्ने बताए ।
नगरपालिकाले महोत्वसको तयारीस्वरुप दिनहुँ जसो समितिहरु मार्पmत विभिन्न सरोकारवालाहरुसँग बसी महोत्सवको व्यापक तयारी गरिरहेको जानकारी गराउदै बाँकी पाँच दिने महोत्सवमा साँस्कृतिक महोत्सव गर्ने योजना रहेको बताए ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाको आयोजनामा यहि फागुन ८–१२ सम्म हुने अन्तर नगर एथ्लेटिक्स प्रतियोगितामा भनपा लगायत १६ वटा नगरपालिकाले भाग लिएको जनाकारी दिन्दै प्रतियोगिताको विभिन्न इभेन्टबारे जानकारी गराए ।
उनले भक्तपुर महोत्सवको तयारीमा नगरपालिका तदारुकताका साथ अगाडि बढिरहेको छ भन्दै भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरु देखाउने यो सुनौलो मौका भएकोले कर्मचारीहरुले आ–आप्नो ठाउँबाट मिहिनेत र लगनशीलताका साथ महोत्सवको तयारी तथा प्रचार प्रसारमा लाग्नुपर्ने आवश्यकताबोध गराए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर महोत्सव सिंगो भक्तपुरबासीले उल्लासमय तरिकाले सम्पन्न गर्नुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सव बारे संक्षिप्त जानकारी प्रस्तुति मार्पmत उपस्थित कर्मचारीहरुलाई प्रष्ट्याए भने कर्मचारी ओमप्रसाद धौभडेलले पनि बोलेके थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *