कोहलपुरमा तीन करोडको लगानीमा बहुआयामिक एग्रो सञ्चालन हुदै

समाचार

बाँके, २९ माघ


बाँकेको कोहलपुरमा बहुआयामिक एग्रो इन्जिनियरिङ सञ्चालनमा आउने भएको छ । नेपालमै पहिलो पटक यो सञ्चालनमा आउन लागेको हो । कोहलपुर लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केन्द्रविन्दु भएका कोहलपुरमा नयाँ नयाँ उद्योग थपिदै गएका छन् । युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रा.लिले कोहलपुर नगरपालिका वडा ९ बहुआयामिक उद्योग सञ्चालन गर्न लागेको छ । उद्योगको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको सञ्चालक सुरेश बुढाथोकीले बताए ।
हस्पीटल, हस्पीटालिटी, आरू प्लान्ट तथा डिस्टीलरी सेटअपका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागेका छौं बुढाथोकीले भने । उद्योगमा अस्पतालका लागि आवश्यक अत्याधुनिक बेड, डक्टरी औजार, पानी प्रशोधन गर्ने आरु मेसिन, होटलमा प्रयोग हुने सबै सामग्री तथा डिस्टलरी प्रयोजनका ट्याङ्की समेत निर्माण गरिने छ । नेपालमै पहिलो पटक युनाईटेड एग्रो ईन्जिनियरिङ उद्योग संञ्चालन गर्न लागिएको ईन्जिनियर तथा उद्योग संचालक शतिस केसी जानकारी दिए । उद्योगका लागि भारत तथा चिनबाट एक÷एक वटा प्राविधिक झिकाईएको र अबको केही दिनभित्रै उत्पादन प्रक्रिया सुरु गरिने छ उनले भने ।
उद्योग स्थापनाका लागि तीन करोड बढि लगानी भईसकेको छ । आगामी दिनमा आबश्यकताअनुसार लगानी बढाउँदै जाने योजनामा रहेको सञ्चालकहरू बताउँछन् । करिब ६ का क्षेत्रफलमा उद्योग, गोदाम र प्राविधि कक्ष निर्माण गरीएको छ । कतिपय सामग्रीहरु उद्योगमा उत्पादन गरेर सम्बन्धि ठाँउसम्म पु¥याउन कठिन हुने भएकाले त्यस्ता सामग्री सम्बन्धित ठाँउमै उत्पादन गर्ने योजना रहेको केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *