शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुद आवश्यक

खेलकूद समाचार स्वास्थ्य

भक्तपुर, २१ माघ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको अन्तर सहकारी बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिताले व्यक्तिको शारीरिक र मानसिक विकास गर्नुका साथै व्यक्तित्व विकासमा सहयोग गर्ने जानकारी दिन्दै युवा पुस्तालाई सही मार्गमा दो¥याउनको लागि खेलकुद अपरिहार्य भएको बताए ।
युवा पुस्ताले आप्mनो ज्ञान र बुद्धि देश र समाजको विकासको निम्ति प्रयोग गर्नुपर्ने बताउँदै उनले नगरमा हालै देखा परेका लागूपदार्थको दुब्र्यसनी, जाँड रक्सी सेवन र नक्कली विवाह जस्ता विकृतिबाट जोगिन युवापुस्ता सजग हुनुपर्नेमा उनले जोड गरे ।
प्रतियोगिताले समाजमा सम्पर्क र सम्बन्ध बढाउनुका साथै एक आपसमा सहयोगी भावना विकास गर्ने हुनाले यस्ता प्रतियोगिताहरु निरन्तर गरिरहनुपर्छ भन्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको नेतृत्वले भक्तपुरमा सकारात्मक परिवर्तन भई समाज अगाडि बढिरहेको उदाहरण प्रस्तुत गरे ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुर नगरपालिकाले माघ २५ गते धिमेबाजा प्रतियोगिता, फागुन महिनामा अन्तरनगर धिमेबाजा प्रतियोगिता र चैत्र ४–८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्न लागेको जानकारी दिन्दै उनले ती कार्यक्रमहरुमा नगरबासीको सहभागिता तथा सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले युवा पुस्ताको शारीरिक, मानसिक र सामाजिक विकासको लागि टोल–टोलमा खेलकुद लगायत अन्य सामाजिक गतिविधिहरु बढाउनुपर्ने बताउदै युवाहरुलाई समाजिक दायित्व बहन गर्दै जिम्मेवार नागरिक बनाउन सबैले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
बुद्धिचाल खेलका रेफ्रि एवं भक्तपुर जिल्ला बुद्धिचाल संघका निरन्जन प्रजापतिले दुई दिनसम्म सञ्चालित बुद्धिचाल प्रतियोगितामा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको बताउदै खेलहरुलाई निरन्तरता दिई खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाको युवा तथा खेलकुद उपसमितिका संयोजक लक्ष्मीप्रसाद दुवालले पनि बालेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले उत्कृष्ट ३ सहकारी संस्थाहरुः भक्तपुर, समय र श्रमजीवी साकोसलाई कप तथा प्रमाणपत्र र १० जना खेलाडीहरु क्रमशः विक्रम चोकामी, विजय जती, विक्रम जती, राजाराम दुवाल, निकेन कुसाथा, जेन श्रेष्ठ, गणेश अवाल, धर्मसुन्दर तुलाधर, शिवभक्त गाईजु र सागर ग्वाछालाई पदक, प्रमाण–पत्र तथा नगद पुरस्कार वितरण गरे भने रेफ्रिहरु निरन्जन प्रजापति, किरण गाईजु, राजकुमार लघु र इन्द्रभक्त पञ्चलाई कदरपत्र वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *