जंगलको कटुस बेचेर घर खर्च

विशेष समाचार समाचार

ताप्लेजुङ, ३० मंसिर


ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्थित निघुरादिनकि याङ्गी शेर्पा हिजोआज घर खर्च जुटाउनका लागि जंगलमा फलेको कटुस संकलन गरेर सदरमुकाम फुङलिङ बजारमा ल्याएर बेच्न व्यस्त छिन् । फुङलिङ बजारमा प्रत्येक मंगलबार र शनिबार लाग्ने हटियामा शेर्पा एक दिनको लामो पैदल यात्रा तय गर्दै हटिया लाग्ने अघिल्लो दिन नै सदरमुकाम आउँछिन् र बिहानै बाट बोराभरी कटुस राखेर मानाको १ सय देखि १ सय ५० रुपैयाँ सम्ममा बेचेर घर खर्च जुटाउँदै आएकि छिन् । उनि मात्र होईन जिल्लाका अधिकांस स्थानीय बासिन्दा अहिले जंगलमा फलेको कटुस संकलन गर्न जंगलतिर जाने गरेका छन् । स्थानिय जंगलमा सहजै पाईने र बजारमा पनि यसवाट राम्रो आम्दानी लिन सकिने भएका कारण अहिले यसको संकलन र विक्रिमा स्थानिय बासीन्दा लागि परेकाहुन् ।कटुस संकलन गर्न केटाकेटि देखि बुढाबुढि सम्म नजिकैको जंगलमा जान्छन् । कटुसको सिजन सकिनै लाग्दा सम्म पनि स्थानीयले कटुस खोजेर बजारमा ल्याउने गरेकाछन् । यो वर्ष अघिल्लो वर्षको तुलनामा केहि दशक यताकै सबै भन्दा वढि कटुस फलेको छ । कटुस पात्ले जातको रुखमा फल्ने एक प्रकारको मिठो फल हो । बाहिर काँडाले भरिएको भए पनि भित्र भएको फललाई भुटेर वा काँचै खाने गरिन्छ ।
काँचो कटुसलाई बजारमा ८० रुपैँयामा र भुटेको कटुसलाई १ सय ५० रुपैँयामा विक्रि गर्ने गरेको स्थानीयले बताएकाछन् । माथिल्लो भेग अथार्त लेकाली क्षेत्रको जंगलमा पाईने कटुस खोज्ने प्रत्येकले दिनमा ५ पाथी देखि ७ पाथी सम्म संकलन गर्ने गरेकाछन् ।
ताप्लेजुङमा मात्र नभएर अहिले संखुवासभा धनकुटा पाँचथर र तेह्रथुम जिल्लामा पनि कटुस पाईने भएको कारण यो जिल्लाका स्थानिय बासिन्दाले पनि कटुसबाट राम्रो आम्दानि लिने गरेका छन् । यहाँ संकलन गरीएको कटुस विक्रिका लागि झापाको विर्तामोड सम्म पनि लैजाने गरीएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *