दैलेख, ३० मंसिर
दैलेखको महावु क्षेत्रबाट तीन जना भेडी गोठाला र ५ सय भेडा वेपत्ता भएका छन् । दैलेख र कालिकोटको सिमानामा पर्ने महावु क्षेत्रमा भेडा गोठाला गएका ३ जना सम्पर्क विहिन भएका हुन् । गत सुक्रबार राति भएको हिमपातका कारण कालिकोटको महावै गाउँपालिका र दैलेखको नौमूले गाउँपालिका वालुवाटारका गरी ५०० भेडा र ३ जना भेडा गोठाला सम्पर्क विहिन भएका नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले जानाकारी दिए । अहिले उनीहरुको खोजि कार्य भईरहेको छ ,उनले भने । कालिकोटको महावै गाउँपालिकासँग समन्वय गरेर खोजि कार्य भईरेहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपि हरिबहादुर वलीले कालिकोट प्रहरीसँग समन्वय गरेर खोजि कार्य बढाईने जनाए ।
वलीका अनुसार अहिले सम्म विस्तृत जानकारी नभएको र ईलाका प्रहरी चौकी नौमूले र कालिकोट प्रहरीसँग समन्वय भैरहेको छ ।