१३ औं सागः अंक तालिकाको शीर्ष स्थानमा नेपाल, पछिपछि भारत 

खेलकूद विशेष समाचार समाचार

काठमाडौं, १७ मंसिर

१३ औं दक्षिण एसियाली खेलकुदको दोश्रो दिनका खेलहरु सकिदाँ नेपाल अंकतालिकामा अग्रता यथावत् राख्न सफल भएको छ। नेपालले अहिलेसम्म २३ स्वर्ण जितेको छ। साथै ९ रजत र १२ कास्य सहित ४४ मेडलका साथ नेपाल अंकतालिकाको अग्र स्थानमा छ।

नेपाललाई पछ्याएको भारतले १५ स्वर्ण, १६ रजत र ९ कास्य सहित ४० मेडल हात पारेको छ। भारत दोश्रो स्थानमा छ।

तेश्रो स्थानमा रहेको श्रीलङ्काले ५ स्वर्ण, १४ रजत र २७ कास्य जितेको छ। सबैभन्दा धेरै ४६ मेडल श्रीलङ्काले जितेको छ।
पाकिस्तान र बंगलादेशले समान ४ – ४ स्वर्ण जितेका छन्। पाकिस्तानले ११ रजत र १२ कास्य सहित २७ मेडल जितेको छ। जबकी बंगलादेशले ४ रजत र २० कास्य सहित २८ मेडल हात पारेको छ। माल्दिभस्ले आजको खेल सकिदाँसम्म १ मात्र मेडल स्वर्ण जितेको छ।

खेल तालिकाको पुछारमा रहेको भुटानले भने ३ कास्य मात्र जितेको छ। उसले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *