भोजपुरमा प्रहरीद्धारा १८ करोड बढीको गाँजा नश्ट

अर्थ/वाणिज्य समाचार

भोजपुर,२१ कार्तिक


भोजपुर जिल्लाको विभिन्न ठाउँमा व्यवसायीक रुपमा खेति गरिएको गाँजा प्रहरीले नश्ट गरेको छ । जिल्लाको हतुवागढी गाउँपालिका आमचोक गाउँपालिका लगाएत विभिन्न २ सय २ रोपनी क्षेत्रमा लगाएको १८ करोड ८० लाख ६२ हजार मुल्य बराबरको गाँजा नश्ट हो ।
विषेश गरेर जिल्लाको दक्षिणी क्षेत्रमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाको अन्र्तगत पर्ने उदयपुर, खोटाङ र धनकुटा जिल्लाका सीमनामा पर्ने क्षेत्रमा सबै भन्दा बढी गाँजा नश्ट गरेको छ । प्रहरीको गाँजा फडानी अभियान अन्तर्गत हसनपुरको मुस्ताङ, तथा दुधकोशी नदीको सीमानामा व्यवसायीक रुपमा खेती गरिएको ठुलो परिमाणमा गाँजा नश्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्स्पेक्टर पान्डपकुमार राजवंसीले बताए ।
प्रहरीले गाँजा खेती नश्ट गर्ने अभियानलाई तिव्रता दिएपछि यसको खेती गर्ने तरिका फेरिएको प्रहरीको भनाइ छ । जंगलको भीर पाखामा गाँजाको बगान फेला परेको भएपनि कस्ले लगाएको हो भन्ने एकिन गर्न कठिन रहेको छ । घना जंगल भएकाले कतिपय ठाउँमा जंगल भरिनै बाख्रापालन गरेर गाँजाको लागि मल तयार गर्ने गरेको समेत प्रहरीले फेला पारेको छ । प्रहरीको सकृयता बढेसंगै यसको खेती गर्ने तरिका पनि फेरिएकोले अभियानलाई अझ प्रभावकारी बनाईने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *