करोडौको तरकारी निर्यात

अर्थ/वाणिज्य समाचार

दैलेख , २१ कार्तिक


तरकारीको पकेट क्षेत्र मानिएको दैलेखको गुराँस गाउँपालिकाबाट गत एक बर्षमा २२ करोड बराबरको तरकारी निर्यात भएको छ । गाउँपालिकाले दिएको प्रारम्भीक तथ्याङ्कअनुसार आर्थिक बर्ष ०७५/०७६ मा गुराँसबाट २२ करोडको तरकारी निर्यात भएको हो । यो तथ्याङ्क ०७४/०७५को भन्दा केहि गुणा बढि हो । ०७४/०७५ करिब १८ करोडको तरकारी निर्यात भएको थियो । गुराँसमा सबैजसो तरकारी उत्पादन हुने गर्दछ । जसमा आलु र गोपी उल्लेखीय मात्रामा उत्पादन हुने गरेको छ । अहिले तरकारीको लागि ‘गुराँस’ कर्णाली प्रदेशकै ‘हब’ को रुपमा चिनिन थालेको छ । यस गाउँपालिकामा अधिकाँश नागरिकहरु व्यवसायिक रुपमा आलु, काउली र अन्य तरकारी खेतीमा आत्मनिर्भर छन् ।
गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार आलु लगाएत अन्य तरकारी गरि करिब एक हजार टन उत्पादन भएको हो । करिब दुई सय कृषकले व्यवसायीक तरकारी खेती गर्दै आएका थिए भने, अहिले एक हजार कृषकले व्यवसायीक तरकारी खेती गर्ने गरेको छन । ‘गाउँपालिकाले बार्षिक २ देखि तीन लाख बराबरको तरकारी उत्पादन गर्ने कृषकलाई मात्र व्यवसायीक कृषकको रुपमा लिईएको गाउँपालिकाले जनाएको छ ।
अझै उत्पादन बढाउन र व्यवसायीक तरकारी खेती गर्नको लागि गाउँपालिकाबाट नै निर्णय गरि किसानलाई अनुदानको व्यवस्था गर्नुका साथै विभिन्न खाले अभिमुखिकरण तालिमको समेत व्यवस्थापन गर्ने गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जनाकरी दिए ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सँग सिमाना जोडिएको गाउँपालिका भएकोले तरकारी बजारको लागि त्यति असहज भने छैन । गुराँसमा उत्पादन भएको तरकारीले प्रदेश राजधानीलाई लाभान्वित गर्ने उद्देश्यका साथ गाउँपालिका तरकारी उत्पादनमा लागेको छ,वलीले भने, सफल कृषकलाई प्रोत्साहन गर्ने गरिएको छ ।
अध्यक्ष वलीका अनुसार अबको दुई बर्षमा पालिकाभर व्यवसायीक तरकारी खेती गर्ने कृषकको सँख्या दुई हजार पु¥याउँने लक्ष्य छ, भने एक अर्ब बराबरको तरकारी मात्र गुुराँस बाट निर्यात हुने छ। अध्यक्ष वली भन्छन –कर्णाली प्रदेशका आउने भारतीय तरकारीलाई गुराँसको अर्गानीक तरकारीले विस्तावित गर्ने छ । जसका लागि गाउँपालिकाले सिँचाईको राम्रो व्यवस्थापन, एक सिँचाई एक पोखरिको अवधारणालाई अघि बढाईने र विभिन्न अभिमुखिकरण तालिमहरुको सिर्जना गर्ने छ ।
गाउँपालिकाले अब लोकल कुखुरा र अन्य अर्गानिक उत्पादनलाई पनि वृद्धि गर्ने जनाएको छ । किसानलाई अनुदान,किसानसँग साझेदारी र बजारीकरण गर्न नीति नै गाउँपालिकाले बनाएको छ ।
गुराँसलाई तरकारी पकेट घोषणा गर्नका लागि अहिले प्रदेश सरकारले रु.१ करोड रुपैँया बजेट विनियोजन गरेको छ । अहिले सुर्खेतका हरेक तरकारी मण्डिहरुमा गुराँसको तरकारी जाने गरेको कृषकहरु बताउँछन । गुराँसमा बाह्रै महिना हुस्सु, कुहिरो र पानी पर्ने भएकाले सिँचाइको अभाव भने त्यति भएको देखिन्न ।‘परम्परागत रूपमा आलु उत्पादन गर्दै आएका कृषकलाई आधुनिक प्रविधि र गाउँमै उन्नत बीउ उत्पादन गर्ने गाउँपालिकाले अभियान समेत चलाएको छ ।
तीन महिनामा १ सय मेट्रिक टन
चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा मात्र एक सय मेट्रिक टन तरकारी उत्पादन भएको छ । मौसमि तथा वेमौसमि सबै प्रकारको तरकारि बाह्रै मास उत्पादन हुने भएकाले विक्रि वितरण पनि हुने र उत्पादन पनि भईरहेको कृषि शाखाले जनाएको छ । विशेष गरि पालिकाका ५,६,७ ,८ वडाको सबै जसो जमिनमा तरकारी उत्पादन हुने गरेको छ भने कर्णाली प्रदेशको मुख्य केन्द्रिविन्दु भएकाले ‘गुराँस’आउने जोकोहि पनि यहाँको आलु थोरै भएपनि लैजाने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *