मजदुरहरूले मनाए भ्रष्टाचारविरोधी दिवस

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २ साउन

नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा अनलाइनमार्फत भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गरियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारविरोधी आन्दोलन चालू राख्नुपर्नेमा जोड दिए ।
भ्रष्टाचारीहरू शासकहरूको संरक्षणमा रहेको उल्लेख गर्दै सचिव सुवालले चीनमा सानादेखि ठूलठूला भ्रष्टाचारीहरूलाई कारबाही हुने गरेको बताए ।
भ्रष्टाचारीमाथि कारबाही गरिने संस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोग देखावटीको रूपमा मात्र रहेको विचार व्यक्त गर्दै उनले भने, “सरकारले निजी अस्पताल र निजी कलेजहरू पैसा लिएर स्वीकृति दिने हुँदा त्यहाँ भ्रष्टाचार हुन्छ ।”
नेमकिपा जिल्ला समिति भक्तपुरका प्रतिनिधि पाण्डव सुवालले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छायासरि हुन्छ, सम्पूर्ण बेथितिको मूल कारण भ्रष्टाचार नै भएकाे बताए ।
तीन महिनाको समयमा झन्डै तीन दर्जन पुल धरापमा पर्नुमा कमिसन र भ्रष्टाचारकै कारण रहेको उल्लेख गर्दै उनले पैसा खुवाएर, चाकडी गरेर भएका न्यायाधीशहरूमा स्वच्छ चरित्र नहुने बताए ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विष्णुराम दुमरूले समाजवादी देशमा भ्रष्टाचार हुन नदिने अभियान नै छेड्ने गरेको बताए ।
सहकारी संस्थाहरूमा भ्रष्टाचार मौलाउन थालेको आशङ्का व्यक्त गर्दै उनले कति सहकारीले उद्देश्यअनुसार काम नगरेको बताए ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको कार्यक्रममा सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विक्रम ढुकुछु र रमेश दुमरूले पनि बोलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *