भक्तपुर क्यान्सर अस्पतालमा ‘पाइप्याड’ प्रविधिबाट उपचार

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय स्वास्थ्य
न्यूज अपडेट संवाददाता

भक्तपुर, ६ बैशाखsharethis sharing button

भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारका लागि प्रेसरराइज इन्ट्रापेरिटोनियल येस्रोसल केमोथेरापी (पाइप्याड) प्रविधिको सुरुवात गरेको छ।  एक २७ वर्षीय चौथो चरणको क्यान्सर भएका पुरुषमा यस प्रविधिको प्रयोग गरेर सफल रुपमा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसले जानकारी दिए।

अस्पतालका सर्जिकल अंकोलोजिष्ट सर्जन डा दिप लामिछानेकाका अनुसार चौथो चरणमा रहेको तथा पेटभित्र फैलिसकेको क्यान्सरमा यो प्रविधिको प्रयोग गरिन्छ। उनका अनुसार  आन्द्राको क्यान्सर, डिम्बाशयको क्यान्सर,आमाशयको क्यान्सर,रेक्टम क्यान्सरको उपचारमा यो प्रविधिको प्रयोग फाइदाजनक हुन्छ।
यो पेटभित्र उत्पन्न हुने र पेटभित्र फैलिने क्यान्सरमा प्रयोग हुने उपचार प्रविधि हो।  यो एकदमै विकसित अवस्थाको क्यान्सरमा प्रयोग हुने प्रविधि हो।विश्वमा  पहिलेदेखि नै प्रचलनमा रहेपनि नेपालमा भने भर्खरै यो प्रविधिको सुरुवात गरिएको हो ।
प्रविधि प्रयोग गर्ने तरिका
web training concern

यो शल्यक्रिया गरिरहेकै अवस्थामा तरल पदार्थ स्वरुपमा रहेको किमाोथेरापी दिने प्रविधि हो।

यसका लागि करिब ३० मिनेट समय लाग्छ । अरु बेला नशामा दिइने किमोथेरापीलाई शल्यक्रिया गरिरहेको अवस्थामा पेटभित्र नै दिइने प्रविधि हो ।
जसमा पेटमा सानो सानो आकारमा २,३ वटा प्वाल बनाइन्छ । यो नेपालमा नै पहिलोपटक भएको हो।

यसका लागि सर्जन, एनेस्थेसिया चिकित्सक तथा नर्सिङ जनशक्तिको खाँचो पर्छ । अस्पतालले आफैंसँग उपलब्ध स्रोत साधनको प्रयोग गरि उक्त प्रविधिको प्रयोग गरी बिरामीको शल्यक्रिया गरेको हो।

यो उपचारका लागि सही बिरामी र कुरा बुझ्न सक्ने परिवार चाहिन्छ।

प्रविधिको प्रयोगका लागि अस्पतालले चिकित्सकलाई तालिम प्राप्त बनाई राखेको थियो । ५,१० वर्ष विभिन्न मुलुकमा लिइने तालिम तथा अवलोकनले मात्रै अस्पतालले हाल उक्त प्रविधिको प्रयोग गरि बिरामीको उपचार गर्न सफल भएको हो।

कस्ता बिरामीमा प्रयोग गरिन्छ यो प्रविधि ?
सबै चौथो चरणका क्यान्सर बिरामीहरुमा उक्त प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने भ्रम समेत रहन सक्छ।

यद्यपि चौथो चरणका केही क्यान्सर बिरामीहरुलाई मात्रै यो प्रविधिको फाइदा पुग्न जान्छ । चिकित्सकले प्रविधिको प्रयोग हुँदा फाइदा पुग्ने बिरामीलाई मात्रै यो प्रविधिको प्रयोग गर्छन्।

बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ।

उक्त प्रविधिले उपचार गर्न सुरु गरेको ६,६ साताको अन्तरालमा गरिन्छ । बिरामीलाई फाइदाजनक भएको अवस्थामा जतिपटक पनि यस प्रविधिको प्रयोग गर्न सकिन्छ।

यसले रोगलाई निको बनाएर शुन्यमा झार्ने भन्दा पनि केही समयका लागि नियन्त्रण मात्रै गर्ने हो । यसले रोगलाई बढ्न नदिने भएकोले रोगबाट बिरामीलाई हुने पीडा कम हुन्छ।

बिरामीले उक्त प्रविधिको प्रयोग गरी उपचार गरेकोमा अतिरिक्त शुल्क तिर्नुपर्दैन । शल्यक्रिया लागतमा नै उक्त खर्चलाई समावेश गरिएको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *