तीन दिने अगरवती (धुप) बनाउने तालिम आयोजना 

शिक्षा समाचार
राजविराज, २० वैशाख
गरिब र एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले यहाँ तीन दिने अगरवती (धुप) बनाउने तालिम आयोजना गरिएको छ । नगरपापलिका क्षेत्रका एकल महिला र विपन्न महिलालाई आय आर्जनको श्रोत जुटाउन तालिम सहयोगी हुने आयोजक सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरीको विश्वास छ ।स्थानीय स्तरमै उपलब्ध वस्तुहरुको प्रयोग गरेर लामखुट्टे धपाउने र पुजामा प्रयोग हुने अगरवती (धूप) बनाउन सकिने र बनाइएका अगरबती बेच्न पनि टाढा जानु नपर्ने भएकाले अगरबती बनाउने तालिम स्थानीयका लागि उपयुक्त रहेको तालिम आयोजक संस्थाका अध्यक्ष जंगबहादुर सिंहले बताए  । तालिममा प्रशिक्षण दिई रहेकी आभासेतु सिंहले नगरका अतिविपन्न गरिब दलित तथा एकल महिलालाई आर्थिक उपार्जनमा सहयोग पु¥याउन अगरबती बनाउने तालिम दिइएको बताइन । उनँले भनिन– ‘नगरमा रोजगारीको सिमित अवसर हुने भएकाले अगरबती बनाउने तालिम लिएकाले सीपको सदुपयोग गरे घरमै रोजगारीको अवसर प्राप्त हुन्छ ।’
उनले अगरबती बनाउनेले दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने बताइन । उनँले भनिन–‘लामखुट्टेको प्रकोप निकै बढेको छ, त्यस्तै पुजा पाठ गर्नेको पनि कमी छैन । बाजारमा यी दुवै धुपको निकै माग छ , त्यसले यसरी उत्पादन गरिएको सामग्री बाजारमा सजिलै बिक्री हुन्छ ।
बुधवारदेखि सुरु भएको तीन दिने तालिममा नगरका विभिन्न वडाका ३० जना महिला सहभागी छन् ।
तालिमका लागि प्रदेश सभा सदस्य मनिष कुमार सुमनले संसदीय विकास कोषबाट सहयोग उपलब्ध गराएको आयोजक संस्थाका अध्यक्ष सिंहले बताए ।
गरिब असहाय महिलाले फुर्सदको सदुपयोग गरी सीप सिकेर घरमै बसेर पनि आय आर्जन गर्न सकोस भन्ने उदेश्यले आफुले आर्थिक सहयोग गरेको प्रदेश सभासदस्य सुमनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *