वागीश्वरीमा साहित्य गोष्ठी

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, १९ फागुन


वागीश्वरी मा.वि.को हीरक वर्ष तथा वागीश्वरी कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार साहित्य गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा विभिन्न ९ विद्यालयका ५२ विद्यार्थीहरु सहभागी थिए ।
गोष्ठीका प्रमुख अतिथि एवं जनकवि चन्द्र बहादुर उलकले विद्यालयद्वारा प्रकाशित वागीश्वरी साहित्य सँगालो–३ को विमोचन गर्दै साहित्यले देशमा छट्पटिरहेका जनताका भावना बोल्ने भएकाले यसले देश विकासमा टेवा पु¥याउने बताए । उनले प्रगतिशील साहित्यले मात्र जनताको भावना र पीडा बोल्न सक्ने बताउँदै वाचित साहित्य प्रगतिशील नै रहेको बताएका छन् ।


युवाकवि एवं विद्यालयका शिक्षक दामोदर सुवालले जनताको व्यथा र पीडाबारे प्रस्तुत गर्नु नै साहित्यको सुन्दर पक्ष रहेको बताए । मजदुर दैनिकका सम्पादक एवं शिक्षक विष्णुगोपाल कुसीले गोष्ठीले साहित्यिक फाँटलाई अझ फराकिलो बनाउने र लेख्न ऊर्जा थप्ने बताए ।


विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट सहभागी विद्यार्थीलाई साहित्य सँगालो र विद्यालय प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले प्रमुख अतिथि र अतिथि तथा निर्णायकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा वाचित साहित्य गोष्ठीका पुरस्कृतलाई यही फागुन २३ गते विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण हुने विद्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *