भक्तपुर बचतमा कौसी खेती तालीम

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, १९ फागुन


भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको कृषि उपसमितिको आयोजनामा तीन दिने कौसी खेती तालीम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो दिन संस्थाका अध्यक्ष बलराम प्रजापतिले उद्घाटन गर्दै देशले हरेक दिन परनिर्भरता झेलिरहेको अवस्थामा यस तालीमले सार्थकता पाउने बताएका छन् । उनले आधुनिक कृषि प्रणालीलाई अपनाई घरको कौसी तथा घर वरपर खेर गएका ठाउँलाई सदुपयोग गर्नुपर्ने बताए ।


कार्यक्रममा तालीम प्रशिक्षक शेर नारायण महर्जनले आजको एकात्मक परिवारले कौसी, बरण्डा तथा घर वरपरका ठाउँलाई अल्छी नमानी केही समय दिएमा वर्षभरिकै लागि सहज रुपमा घरबाटै आवश्यक तरकारी तथा अचार उत्पादन गर्न सकिने बताए । कृषि उपसमितिका संयोजक रामलक्ष्मी कोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा लेखा सहायक उर्मिला कोजूले पनि बोलेका थिए । तालीममा महिला र पुरुष गरी जम्मा १७ जनाले तालीम लिएका छन् । कार्यक्रम फागुन १६, १७ र १८ गते भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *