श्री स्वस्थानी व्रत कथाको समापन

विशेष समाचार समाचार

भक्तपुर ७ फागुन


महिना दिनसम्म चल्ने ‘श्री स्वस्थानी व्रत कथा’ आज समापन हुँदैछ । समापनका अवसरमा नेपालका बिभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथात् काठमाडौंको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको पूजाआजा गर्न पुगिसकेका छन्, त्यसतै आज विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि आएको छ ।

हिन्दु धर्मग्रन्थि अनुसार हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ।
देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाइन्छ। अक्षता, बेलीपुष्प, जनै, पान, रोटी, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ।

यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा छोरी लाई दिई सय रोटी व्रतालुले खाने विधान छ। सत्य युगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ।

यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ । महादेव पति पाएपछि पार्वतीले नै यो व्रत जनमानसमा फैलाउन लगाएको स्वस्थानी व्रतकथामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *