डुबेर महिलाको मृत्यु

समाचार

उर्लाबारी, २५ पुस


मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो ।

पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायब निरीक्षक रामकाजी कटवालले बताए । शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *