चिसोका कारण बिरामीको सङ्ख्या बढ्दै

रुकुम, पूर्व, २२ पुस रुकुम (पूर्व) प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ । सिस्ने गाउँपालिका ५ रुकुमकोटका ६५ वर्षीय पूर्णबहादुर बुढा मगरलाई […]

Continue Reading

कामदारको निःशुल्क जीवन बीमा

घोराही, २२ पुस दाङमा रहेको टी–मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी–मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा आर्थिकको समस्या नहोस् भनेर बीमा गरिएको बताए । नेशनल लाइफ इन्सुरेन्स कम्पनी […]

Continue Reading

सामूहिक आलु खेतीतर्फ महिला

दमौली, २२ पुस तनहुँको भीमाद नगरपालिका–९ जौपानीका महिलाले सामूहिक आलुखेती शुरु गरेका छन् । गत वर्षसम्म व्यक्तिगत रुपमा आलुखेती गर्दै आएका यहाँका महिलाले पुसको दोस्रो सातादेखि सामूहिक आलुखेती शुरु गरेका हुन् । जौपानी आमा समूहमा आवद्ध २० महिलाले आठ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती शुरु गरेको स्थानीयवासी लक्ष्मी क्षेत्रीले जानकारी दिए । आमा समूहमा आवद्ध महिलाको […]

Continue Reading

प्राज्ञपरिषद् सदस्यको शपथ

काठमाडौँ, २२ पुस नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)का नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सम्बन्धित प्रतिष्ठानका कुलपतिले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएको हो । सो अवसरमा नेपाल सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले प्राज्ञ परिषद् सदस्य हरिदेवी […]

Continue Reading

जखेरा तालमा माछापालन

दाङ, २२ पुस लमही नगरपालिका–५ मा पर्ने जखेरा तालमा व्यावसायिक रुपमा माछापालन गरिएको छ । आम्दानी बढाउन र ताल अवलोकन गर्न आउने पर्यटकलाई आकर्षित गर्न माछापालन गरिएको ताल संरक्षण समितिले जनाएको छ । समितिका कर्मचारी ओमभगत चौधरीले छ बिगाहा क्षेत्रफलमा फैलिएको सो तालमा गतवर्षको मङ्सिरमा एक लाख २५ हजार माछाका भुरा खरीद गरी व्यावसायिक रुपमा […]

Continue Reading