चट्याङबाट सिसी क्यामेरामा क्षति

डोटी, ९ माघ  चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ । जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । चट्याङकै कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका टेलिफोन र कम्प्युटरमा पनि क्षति पुगेको जानकारी आएको प्रहरीले जनाएको […]

Continue Reading

राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा, ९ माघ नेपाल प्रेस युनियन कास्कीले यही फागुन ७ गते हुने नवौं अधिवेशनका अवसरमा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियन कास्कीको आज सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्दै सोही दिन उक्त पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी दिए । नेपाल प्रेस […]

Continue Reading

सेतो मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा

काठमाडौँ, ९ माघ का रुपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ) को आज प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ । सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान् अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो । सेतो मच्छिन्द्रनाथलाई दशकर्म विधि (जन्मदेखि मृत्युसम्म तथा महिला र पुरुषमा गरिने सबै पूजाविधि) नेवारी समाजमा गरिने प्रचलनअनुसार गरिने परम्परा छ । सेतो […]

Continue Reading

काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ हुँदै

काठमाडौँ, ९ माघ सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, […]

Continue Reading

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए […]

Continue Reading

उत्तरी गोरखामा भारी हिमपात

गोरखा, ९ माघ उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । “छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ”, […]

Continue Reading

नाष्टका उपकुलपति श्रेष्ठ : पदभार ग्रहण

ललितपुर, ९ माघ प्राज्ञ डा सुनिलबाबु श्रेष्ठले आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नाष्ट०को उपकुलपतिको पदभार ग्रहण गरेको छ । यही माघ २ गते नियुक्त भएका श्रेष्ठले आज नाष्टको उपकुलपतिको पदभार ग्रहण गरेको हो । श्रेष्ठ चार वर्षका लागि नियुक्त भएको हो । श्रेष्ठले पदबहाली गरेसँगै ‘विज्ञान समाजका लागि’ भन्ने मूल नाराका साथ अघि बढ्ने […]

Continue Reading

चौँरीगाई बेंसी सारिए

रसुवा, ९ माघ रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका लाङटाङ, चन्दनबारी, गतलाङ, थुमनको नाकथली, यार्साको माथिल्लो भेकलगायत क्षेत्रको जनजीवन बढी कष्टकर भएको छ । जाडोको जोखिमबाट सुरक्षित […]

Continue Reading

वर्षाका कारण खेल रद्द

काठमाडौँ, ९ माघ उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर […]

Continue Reading

अधिकांश स्थानमा वर्षा र हिमपात

काठमाडौँ, ९ माघ पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि […]

Continue Reading