साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच

काठमाडौँ, २० पुस स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच जरुरी रहेकोमा जोड दिइएको छ । साना उद्योगलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापार घाटा न्यूनीकरण गर्न सकिने र रोजगारीको थप अवसरसमेत सिर्जना गर्न सकिने बताइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ […]

Continue Reading

पाल्पामा ६ पक्की पुल बन्दै

बेझाड , २० पुस सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालु आर्थिक वर्षमा छ वटा पक्की पुलको निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट र निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हँुदैछ । जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाऊखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणको कार्य बढाइएको छ । पाल्पाको रामपुर नगरपालिका ६ […]

Continue Reading

कृषकको आकर्षण जर्सी गाईपालन

अमरगढी, २० पुस स्थानीय बजारमा दूधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर डडेल्धुरा जिल्लाका भित्री मधेशका किसान यतिखेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका छन् । दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि किसान उन्नत जातका गाईपालन गर्न थालेका हुन् । स्थानीय जातका साना गाईबाट जति राम्रो पालन पोषण […]

Continue Reading

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

बर्दिवास, २० पुस “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली विषयका शिक्षक कमल श्रेष्ठले भने । ९ कक्षामा पुगेर अब चाहिँ एसइइ माध्यमिक शिक्षा परीक्षा मा सहभागी हुने आश जगाएकी आफ्नी […]

Continue Reading

दाङमा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती शुरु

लमही, २० पुस दाङमा आधुनिक प्रविधिको प्रयोग गरी तरकारीखेती शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ का किसान अमृत धितालले दाङमै पहिलो पटक आधुनिक ‘हाइड्रोपोनिक’ प्रविधिको जडान गरी तरकारीखेती शुरु गरेका हुन् । परम्परागतरूपमा माटोमा तरकारीखेती गरेर मनग्य आम्दानी गर्न नसिकने भन्दै आधुनिक प्रविधिबाट तरकारीखेती शुरु गरेको उनको भनाइ छ । “विज्ञान र प्रविधिको तीव्र विकास […]

Continue Reading

‘ल्याप्चे मुक्त’ गाउँपालिका निर्माण अभियान

बाँके, २० पुस नरैनापुर गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका रूपमा विकास गर्ने अभियान अघि बढाइएको छ । राससमा समाचार प्रकाशित भएपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले भने, “हामीले ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका बनाउने अभियान शुरु ग¥यौँ ।” करीब १२ हजार बढी नागरिक निरक्षर रहेको उक्त गाउँपालिकालाई साक्षर बनाउन अभियान नै चलाउनुपरेको उनले बताए । “गाउँपालिकामा निरक्षरको तथ्याङ्क […]

Continue Reading

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छःप्रम

मिक्लाजुङ, २० प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए । “मेचीदेखि महाकालीसम्म सबैतिर सुगम […]

Continue Reading

दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु

ललितपुर, २० पुस ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षात्को पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ । ललितपुर महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटीलगायत स्थानमा फोहर पानी जम्न नदिनका लागि आयोजना सञ्चालनको योजना बनाएका हुन् । कूल रु ४८ करोड लागत रहेको आयोजनाको […]

Continue Reading

स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन शुरु

चितवन, २० पुस भरतपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन आजदेखि शुरु गरेको छ । सात दिनसम्म गुरुयोजना तयारी परियोजना तालिम दिएर १०५ जनालाई घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रमा खटाएको हो । सर्वेक्षणका संयोजक वीर्ख क्षेत्रीका अनुसार महानगरभित्र प्रारम्भिक रुपमा ७५ हजार घरधुरी रहेको अनुमानमा ती गणक खटाइएको हो । यद्दपि घरधुरी सङ्ख्या बढी भएमा […]

Continue Reading

विपन्न बिरामीलाई सहयोग अभियान

मङ्गलबारे, २० पुस आर्थिक अवस्था कमजोर भएका विरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित इलामका सहयोगी हात नामक संस्थामा आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै गएको छ । संस्थाले इलाम अस्पतालमा आउने कतिपय बिरामी आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकी अस्पतालको श्यायामा छटपटाइरहेकालाई उपचारमा सहयोग गर्दै आइरहेको छ । दुई वर्षअघि स्थापित सो संस्थामा […]

Continue Reading