कर्मचारी अभावले साचेजस्तो विकास भएन् 

अर्थ/वाणिज्य समाचार

दैलेख, ९ मंसिर


कर्णाली प्रदेश सरकारको विकास खर्च उपेक्षित बन्ने करिब पक्का पक्की देखिएको छ । चालु आर्थिक बर्षको वार्षिक बजेटको चौमासिक खर्च विवरण हेर्दा निराशाजनक देखिएको हो । कार्तिक मसान्न सम्म विनियोजित कुल बजेटको (१.६१%) रकम मात्र खर्च भएको छ । ‘कर्मचारी अभावले यहाँका मन्त्रीहरु यो बर्ष झन समस्यामा छन् ।’ प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी कर्णालीको विकास बाधक कर्मचारी अभाव बताउँछन । यस्को विकल्प लोग सेवा आयोग हो,उनले भनिन् । प्रदेश सरकार त्यस्को प्रक्रियामा छ,’ हाल सम्म लोकसेवा गठन नहुँदा कर्मचारी अभाव कायमै र विकासे खर्च कम र विकास सोचेजस्तो नभएको मन्त्रीहरु नै स्विईकार गर्छन ।
प्रदेशका १० ओटा कार्यालयमा आर्थिक बर्ष २०७६/०७७ मा ३४ अर्ब ३३ करोड ५१ लाख ८१ हजार रकम विनियोजन भएको थियो । जसमा अहिले सम्म (अपरिष्कृत) ५५ करोड ४१ लाख ३१ हजार २०१ रुपैँया (१.६१ %) मात्र खर्च हुन सकेको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा पहिलो चौमासिक बजेट (३.५%) खर्च गरेको सरकारले यो बर्ष २ प्रतिशतले उपेक्षित बनेको तथ्याङ्कले देखाउँछ । कोष तथा लेखा नियन्त्रणको प्रदेश कार्यालयको ‘कर्मचारी अभाव, नयाँ कार्यालयको एकिन नभईसकेको कारण हुन सक्ने ठहर छ ।’ कार्यालयका सुचना अधिकारी एमुना श्रेष्ठले अपेक्षाकृत बजेट खर्च नभएको सुनाईन् । ‘हामीले जुन अपेक्षा गरेका थियोँ,’त्यो अनुसारको बजेट खर्च हुन सकेन्,उनले भनिन् । विनियोजित चालु तर्फको १३ अर्ब ४१ करोड ४ लाख ९ हजार रकम मध्ये ४७ करोड ९७ लाख १६ हजार ७ सय रकम (३.६८ % ) मात्र खर्च छ ,भने यस्तै पुँजिगत तर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजित रकम मध्ये ७ करोड ४४ लाख १४ हजार ४६८ (०.३५% ) रुपैँया मात्र खर्च हुन सकेको छ ।
चालु बजेट गत आर्थिक बर्षको भन्दा धेरै हो । ०७५/०७६ का लागि प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो,’‘जुन रकम यो बर्षको भन्दा कम हो ।’ प्रदेश सरकारले आर्थिक बर्ष २०७५/०७६ को जेठ मसान्तसम्म ४ अर्ब २७ करोड ५१ लाख ७९ हजार ३६८ रुपैयाँ खर्च गरेको थियो । यस्तै असार महिनाको ६ गते सम्म एकै महिनामा २ अर्ब ८९ करोड ८४ लाख ३६ हजार ९२२ रुपैयाँ भुक्तानी दिएको थियो । जेठसम्म (१५.१२%) बजेट मात्रै खर्च गरेको प्रदेश सरकारले असारमा मात्रै (१०.२५ %) प्रतिशत रकम खर्च गरेको थियो । यो सरसति हेर्दा बजेट दुरुपयोग भएको सरोकारवालाले बताउने गरेका छन् । यो बर्ष गत बर्षको भन्दा बजेट खर्च कम हुने पक्का देखिएको छ । सुचना अधिकारी श्रेष्ठले ‘ विकासे खर्च भन्दा पनि धेरै बजेट तलव, भत्तामा मात्रै खर्च भएको जनाईन् ।
तथ्याङ्क हेर्दा प्रदेश योजना आयोगले एकदमै कम बजेट खर्चिएको छ भने सामाजिक विकास मन्त्रालयले सबै भन्दा धेरै बजेट खर्च खर्चिएको छ । योजना आयोगले चालु तर्फ ३० लाख ९० हजार ७३९ र पुँजिगत तर्फ १ लाख ९९ हजार ५५ गरि जम्मा ३२ लाख ८९ हजार ७९४ रुपैया मात्र खर्चिएको छ ,भने सामाजिक विकास मन्त्रालयले चालु तर्फ १४ करोड ७३ लाख ८१ हजार ९२८ र पुँजिगत तर्फ ४करोड १४ लाख ८० हजार ९५९ गरि जम्मा १८ करोड ८८ लाख ६२ हजार ८८७ बराबर रकम खर्चिएको छ । प्रदेश योजना आयोगमा कर्मचारीको अभावका कारण खर्च हुन नसकेको कोलेनिकाको अनुमान छ । कोलेनिकाले दिएको तथ्याङ्क अनुसार प्रदेश व्यवस्थापिकाले जम्मा ३२ करोड ७३ लाख ७ हजार ४४२ रुपैँया खर्च गरेको छ । जसमा पुँजिगत तर्फ ७ लाख ८१ हजार ९५७ र पुजिँगत तर्फ ७ लाख ८१ हजार ९५७ रुपैँया खर्चिएको हो । मूख्य न्यायाधिवक्ताको कार्यालयले चालु खर्च २५ लाख ६४ हजार ४६६ रुपैँया खर्च गरेको छ भने् यस्को पुँजिगत खर्च शुन्य छ ।
मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जम्मा २ करोड ७० लाख ९७ हजार ९ सय ४६ रुपैँया खर्च गरेको छ । यस्को चालु खर्च २ करोड ५२ लाख १७ हजार १५० छ भन्े पुँजिगत खर्च १ लाख ८८ हजार ७९७ छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु तर्फ १ करोड ७० लाख ६७ हजार ४९६ पुँजिगत तर्फ २ लाख ६ हजार २९७ गरि जम्मा १ करोड ९० लाख ७३ हजार ७९३ रुपैँया खर्चिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको चालु तर्फ ११ करोड ४२ लाख १७ हजार ७३५ र पुँजिगत तर्फ १४ लाख ४१ हजार ६८४ गरि जम्मा ११ करोड ५६ लाख ५९ हजार ४१९ रुपैँया खर्च भएको छ । यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७ करोड ६५ लाख ७ हजार ८११ चालुु तर्फ र ५१ लाख ५५ हजार ३५० गरि जम्मा ७ करोड ५८ लाख १३ हजार १६१ खर्चिएको छ । आन्तरिक मामीला तथा कानुन मन्त्रालयले जम्मा २ करोड ४९ लाख १ हजार २९८ रुपैया मात्रै खर्च गरेको छ । जसमा चालु तर्फ १ करोड ५६ लाख ३६ हजार ३ र पुँजिगत तर्फ ४८ लाख ५५ हजार २९५ रुपैँया खर्च गरेको छ । यस्तै भौतिक पर्वाधार मन्त्रालयले ६ करोड ८५ लाख ४० हजार ९८५ बराबरको बजेट खर्च गरेको छ । यस्ले चालु तर्फ ५ करोड १९ लाख २७ हजार ९१० र पुँजिगत तर्फ १ करोड ६६ लाख १३ हजार ७५ रुपैँया खर्चिएको कोलेनिकाको तथ्याङकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *