तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

धनुषा, १ माघ जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ । इसाई धर्मअनुसार बडा दिन २५ डिसेम्बरलाई […]

Continue Reading

कालीगण्डकीमा पनि भक्तजनको घुइँचो

पर्वत, १ माघ मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण शुरु हुने भएकाले आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पूण्यदायक मानिने भएकाले बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँ पुललगायतका […]

Continue Reading

त्रिवेणीमा पन्ध्र दिने माघे सङ्क्रान्ति मेला

गाईघाट, १ माघ आज माघे सङ्क्रान्ती पर्व शुरुसँगै उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा १५ दिने माघे सङ्क्रान्ती मेला शुरु भएको छ । परम्परागत रुपमा लामो समयदेखि प्रत्येक वर्ष माघ १ देखि १५ दिनसम्म कमलाको त्रिवेणी धाममा माघे सङ्क्रान्ती मेला सञ्चालन हुने गरेको आयोजक कटारी उद्योग वाणिज्य सङ्घ अध्यक्ष पुस्कर खड्काले बताए । मेला शुरुसँगै बिहानको […]

Continue Reading

माघे मकर सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ १ माघ पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे मकर सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा […]

Continue Reading

पाँचतल्ले मन्दिर परिसरमा चार पाँग्रे सवारी प्रवेश रोक

भक्तपुर, १ माघ भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा आजबाट चार पाँग्रे सवारी प्रवेशमा रोक लगाइएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत पाँचतल्ले मन्दिर परिसरमा चार पाँग्रे सवारी प्रवेशले पर्यटकहरुलाई सम्पदा अवलोकनमा बाधा पुग्नुका साथै विश्व सम्पदा स्थलको संरक्षणका लागि आज माघ १ गतेदेखि सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा चार पाँग्रे सवारी […]

Continue Reading