भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन

भक्तपुर, १६ माघ  भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ । जर्मनीको एक दाता संस्थाले दिएको रु दुई करोड मूल्यबराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले डायलाइसिस मेशिन सञ्चालन गर्न अस्पतालको […]

Continue Reading

शहीद घोषणाको स्वागत

काठमाडौँ, १६ माघ  द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार संस्थाले द्वन्द्वका क्रममा मृत्युवरण गरेका सेना, सशस्त्र, प्रहरी र गुप्तचरलगायतका सुरक्षाकर्मीलाई हालै सरकारले शहीद घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । संस्थाका सचिव तुलसी बस्नेतले देश र जनताको स्वतन्त्रताका लागि शहीदले जीवन उत्सर्ग गरेकामा उनीहरूको सपनालाई सार्थक बनाउन सामाजिक परिवर्तनको खाँचो औँल्याए । संस्थाका सदस्य मञ्जु गिरीले शहादतप्राप्त चारै […]

Continue Reading

आलु उत्पादन बढेपछि उपभोक्तालाई राहत

वीरगञ्ज, १६ माघ अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत […]

Continue Reading

भेडापालन व्यवसाय सङ्कटमा

पाँचथर, १६ माघ जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ । उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि खर्कको अभावले भेडीगोठ छोडे । अहिले गुरुङसँग ५० भेडामात्र छन् तर आफ्नो […]

Continue Reading

काठमाडौँमा चिसो वृद्धि

काठमाठौँ, १६ माघ काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए […]

Continue Reading