घाइतेलाई हेलिकप्टरद्वारा काठमाडौँ लगियो

गलकोट, १३ माघ  बागलुङ नगरपालिका–२ हल्लनचोकमा एक जिपले ठक्कर दिँदा सख्त घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौ लगिएको छ । आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उनी सख्त घाइते भएकी थिइन । घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार […]

Continue Reading

जडीबुटी खेती विस्तार गरिँदै

पर्वत, १३ माघ यस वर्षदेखि जिल्लामा व्यावसायिक रूपमा जडीबुटी उत्पादन उत्पादन गरिने भएको छ । जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएकाले डिभिजन वन कार्यालयले खेती विस्तारका साथै पुराना जडीबुटी सङ्कलन गर्ने कार्यक्रम अघि बढाएको हो । जिल्लाका उच्च पहाडी क्षेत्रमा जडीबुटीको राम्रो सम्भावना देखिएपछि यो कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि प्रभावकारी रूपले सञ्चालन गर्न थालिएको डिभिजनल अधिकृत […]

Continue Reading

इँटाको मूल्यमा वृद्धि

बाँके, १३ माघ  बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन् । कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले जानकारी दिए । ‘‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढिरहेको छ […]

Continue Reading

पानीले छ करोड इँटा बिग्रिए

चन्द्रौटा,१३ माघ लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफरअली मिँयाले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र […]

Continue Reading