आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, २३ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका […]

Continue Reading

चार राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २३ पुस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरे । आज शीतल निवासमा आयोजित समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेस गर्नेमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका आवासीय राजदूत जो योङ, जनवादी गणतन्त्र चीनका आवासीय राजदूत हाउ याङ्की, साउदी अरेबियाका आवासीय राजदूत मुसाइद […]

Continue Reading

‘विदेश नजाऔं, पैसा यहीँ छ’

आम्बासी, उदयपुर, २३ पुस हिजोआज धेरै युवा गरीबीका कारण धन कमाउन विदेश जान्छन् । आत्मविश्वास र लगनशीलता भए पैसा कमाउन विदेश जानुपर्दैन, देशमै राम्रो आम्दानी र इज्जतका साथ बस्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं १, आम्बासीका युवक कृष्ण बाँस्तोला । कृष्ण हिजोआज आम्बासीस्थित आफ्नै घरमा बसी केही जग्गा […]

Continue Reading

छ कलाकार सम्मानित

काठमाडौँ, २३ पुस ‘नेपाल कमर्शियल आर्टिष्ट सङ्घ’ले आफ्नो २४औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा आज ६ कलाकारलाई सम्मानित गरेको छ । हेमगङ्गा युवा कला प्रतिभा पुरस्कारबाट मुकेश श्रेष्ठ, हेमगङ्गा महिला कला प्रतिभा पुरस्कारबाट सरोजा खड्गी, क्यान आइडियल कला पुरस्कारबाट राम पाल्पाली, क्यान कला पुरस्कारबाट नारायण वाग्ले, शिवाता कला प्रतिभा पुरस्कारबाट […]

Continue Reading

वाइड बडी विमान खरीद प्रकरण संलग्न दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, २३ पुस प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधन गर्दै खरीद प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्ने पदाधिकारीलाई तत्काल निलम्बन गरी कारवाहीका गर्न […]

Continue Reading

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ, २३ पुस परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी […]

Continue Reading

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

क्वालालम्पुर, २२ पुस मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार   बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको […]

Continue Reading

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

नयाँदिल्ली, २२ पुस भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा […]

Continue Reading

सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् – बोल्टन

जेरुसलेम, २३ पुस संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताएका छन् । उनले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गरे । इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक फिर्तीमा ढिलाइ हुने सङ्केत दिएको […]

Continue Reading

इन्डोनेसियामा पहिरोबाट ३२ को मृत्यु

जकार्ता, २३ पुस इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ । पहाडी इलाकामा गएको यस पहिरोबाट उद्धारकर्ताहरुले शव तानेर निकालेका थिए । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा भारी वर्षापछि पहिरो गएको थियो । गत डिसेम्बर ३१ […]

Continue Reading