अलैँचीले विद्यार्थी फर्कायो

लमजुङ, १८ पुस गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगैँ गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो । कक्षा १ देखि तीनसम्मको उक्त विद्यालयमा विस्तारै विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष चार मात्र विद्यार्थी […]

Continue Reading

‘बिपी कुनै पार्टीको होइन, सम्पूर्ण नेपालीको सम्पत्ति हो’

काठमाडौँ, १८ पुस नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेको छ । ‘त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बिपी युगपुरुष […]

Continue Reading

चोरीमा संलग्न गिरोह पक्राउ

धरान, १८ पुस मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित पाँच जना रहेको इप्रका धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । मोबाइलको कल डिटेलका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । […]

Continue Reading

छालाजन्य वस्तुमा नेपाल आत्मनिर्भर हुने

काठमाडौँ, १८ पुस राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल छालाजन्य वस्तुमा आत्मनिर्भर हुने बताएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपम शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै उनले मागको ६० प्रतिशत अहिले नै धान्ने गरेकाले आगामी तीन वर्षभित्र सबै माग धान्ने बताए । […]

Continue Reading

मिस नेपाल खतिवडा सद्भावना दूतमा नियुक्त

काठमाडौँ, १८ पुस व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ ।बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिए। यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य […]

Continue Reading

कष्टकर जीवन गुजार्नेको उद्धार

काठमाडौँ, १८ पुस काठमाडौँको गौशालामा सडकमा बस्न आएको एक व्यक्तिको आज मृत्यु भयो । मङ्गलबार पनि पहिचान नखुलेका एक व्यक्ति जमलमा मृत अवस्थमा फेला परेका थिए । सडकमा बेवारिसे अवस्थामा रहेक व्यक्ति चिसो बढेसँगै ज्यान जानेक्रम बढिरहेका बेला प्रहरीले सडकमा रात बिताउन बाध्य हुनेको उद्धार अभियान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले सडकमा कष्टकर […]

Continue Reading

चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ

पेइचिङ, १८ पुस चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताएका छन् । उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए । चीनसँग ताइवान पुनः एकीकरण भएपनि चीनले लोकतान्त्रिक ताइवान होस् भन्ने चाहेको राष्ट्रपति सीले स्पष्ट […]

Continue Reading

इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

आदिस अबाबा, १८ पुस इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको छ । यसले आर्थिक गतिहीनता र तीव्र जनसंख्या वृद्धि देखे–भोगेको छ । कुनै समय धनाढ्य यहाँका मानिसहरुको जीवन एकाएक झुपडीको भीडमा परिणत भएको उहाँलाई हिजोजस्तै लाग्छ । […]

Continue Reading

भन्सारमा सीसी क्यामरा जडान

रसुवा, १८ पुस भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुने छ । सामान जाँच […]

Continue Reading

‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’

साँखु, १८ पुस नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताएका छन् । मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उनले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताए […]

Continue Reading