काठमाडौं, ९ कात्तिक
काठमाडौँको लोलाङ हाइटमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भएको छ।
घटनास्थलमा एक जनाको र उपचारको क्रममा थप एकको मृत्यु भएको हो। मृत्यु हुनेमा ७० वर्षकी तीलकुमारी तिवारी, ३ वर्षका बालक अजित तिवारी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीय सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए।
ना ६ ख ७८२६ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको एसएसपी पन्तले जानकारी दिए।