इसेवाको ‘दशैँ धमाका’काको बम्पर उपहारमा थाइल्याण्ड घुम्न पाइने

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट भक्तपुर
काठमाडौं, १६ असोज


नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवाफोन पे प्रा.लि.ले नेपालीहरूको महान चाड दशैँलाई लक्षित गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकटमार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् ।
असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य योजना गरी ३ सयभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले बताएको छ । यस योजनाअनुसार कुनै पनि सदस्य बैंक अथवा नजीकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरी आकर्षक उपहारहरू जित्ने मौका पाइनेछ ।
इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट रू १०० वा सो भन्दा बढी रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागी हुन सक्ने कम्पनीको मंगलवार प्रषित विज्ञप्तिमा भनेको छ । पुरस्कारलाई ६ वर्गमा विभाजन गरिएको छ । अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३÷३ दिनमा घोषणा गरिनेछ । बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ गते घोषणा गरिने जनाएको छ । सबै विजेता गोलाप्रथाबाट घोषित गरिनेछ ।
प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् । यसैगरी द्धितीय पुरस्कारमा दुई जनाले इसेवा पसलमा रू १० हजार बराबरको सपिङ भौचर तथा तृतीय पुरस्कारमा तीन जनाले टाइटनको घडी जित्न सक्नेछन् । यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट, ५ जनालाई २४ सय बराबरको मिडास इक्लास, ५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई रू ५ सय बराबरको फूड कुपन प्रदान गरिनेछ । यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिसकेको छ ।
इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करीब ४० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै इसेवाका सबै सेवा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *