सुस्मिताको अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

मनोरञ्जन समाचार

न्यूजअपडेट भक्तपुर
काठमाडौं, २९ भदौ

सुपरस्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । गएको ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो ।
पारिवारिक सहमतिमा नै स्वामीसँग इन्गेजमेन्ट भएको सुस्मिताले बताएकी छिन् । अनमोलकै सहमतिमा यो इन्गेजमेन्ट भएको बुझिएको छ । सुस्मिताको विवाह अर्को वर्षको भ्यालेन्टाइन डेमा हुनेछ । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक धनाड्य व्यापारी हुन् ।
सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । गएको दुई वर्ष अगाडि उनले निर्माण गरेको म त तिम्रै हुँ नामक फिल्म प्रदर्शनमा आएको थियो । काठमाडौंमा उनी लामो समयदेखि डेरामा बस्दै आइरहेकी थिइन् ।
सुस्मिताले भुवनसँग नेपाली बाबुु करोडपति, सुपरस्टारलगायतका फिल्ममा काम गरेकी छिन् । फिल्ममा काम गर्दैगर्दा सुरु भएको यो कपलको प्रेमले विवाहको रुप लिएको थियो ।
केही वर्षदेखि भुवन अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । अनमोल पितासँगै बस्ने गर्छन् । धेरैपटक उनले आमाबुबालाई मिलाएरै छाड्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *