भक्तपुर, १६ भाद्र
मालपोत कार्यालय भक्तपुरभित्र छिरेर काम कारवाही गरी सहयोग गर्ने लेखापढीहरु अब यही भाद्र १७ गते आइतवारदेखि बाहिरै बसेर काम गर्नुपर्ने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरले लेखापढीहरुलाई कार्यालयको प्रवेश विन्दु दर्ताचलानीसम्म मात्र छिर्न दिने भाद्र १५ गते शुक्रवार निर्णयानुसार सूचना जारी गरेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको प.सं.का.प्र.१०–०७५÷७६ विविध –२०३ च.नं. २९९ मिति २०५ भाद्र ३ को पत्रबाट भूमिसुधार तथा मालपोत कार्यालयलाई भएका निर्देशन सम्बन्धमा कार्यालय र नेपाल लेखापढी कानून व्यवसायी एशोसियशन जिल्ला कार्यसमिति भक्तपुरका पदाधिकारीसमेतको भाद्र १४ गतेको संयुक्त वैठकबाट यस्तो निर्णय भएको हो ।
निर्णयअनुसार लेखापढीलाई प्रवेश विन्दुसम्म मात्र प्रवेशको अनुमति दिने र असक्त र असक्षम सेवाग्राही भए भूइतल्लामा झ्यालसम्म र माथिल्ला तल्लाहरुमा फाँटको प्रवेशद्वारसम्म मात्र पु¥याइदिने सूचनामा बताइएको छ ।
यस सूचनाले लेखापढीहरुको रोजीरोटी खोसिएको, लेखापढी गरिखाने अधिकारबाट वञ्चित गरेकोप्रति लेखापढीहरु आक्रोशित देखिन्छन् । साथै, लेखापढीहरुको भविष्य अब के हुने भन्ने विषयमा व्यापक छलफल भइरहेका र सरकारबाटै यसको निराकरण गर्नुपर्ने लेखापढी गर्नेहरु बताउँछन् ।