प्रम ओलीलाई फेसबुकमा गाली गरेपछि पक्राउ परे वडा सचिव

समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

समाजमा भ्रम तथा नकारात्मक दृष्टिकोणमा अफवाह फैलाएकाले पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरेको हो। उनी रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव (नायव सुब्बा) हुन्।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई १ लाखसम्म जरिवान वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *