सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, एक वर्ष कैद हुने फैसला

विशेष समाचार समाचार

 

काठमाडौं, साउन २४

‘गुण्डा नाइके’ गणेश लामाले एक करोड ४० लाख ५० हजार अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतले एक वर्ष कैद हुने फैसला गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागले लामाले गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो।

तर, विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले भने लामाले एक करोड ४० लाख ५० हजार मात्रै अवैध सम्पत्ति जोडेको ठहर गरेको हो।

उक्त सम्पत्ति लामाबाट जफत गर्न पनि अदालतको फैसलामा उल्लेख भएको विशेषका रजिष्टार भीमकुमार श्रेष्ठले बताए।

लामाका परिवारका अन्य ५ सदस्यलाई भने विशेषले सफाइ दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई नियन्त्रणमा लिएर २०७० साल जेठमा उनीविरुद्ध अनुसन्धान थालेको थियो।

लामा अहिले हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *