धरानमा मोबाइल चोरी बढ्दो, प्रहरीको सक्रियतामा १० हजारदेखि १ लाखसम्मका मोबाइल फिर्ता गरिँदै

विशेष समाचार समाचार

धरान: हराएको मोबाइल बरामद गरी प्रहरीले मोबाइल धनीलाई फिर्ता गरेको छ । इलाका प्रहरी कार्यालय धरानले शनिबारमात्र विभिन्न मोडलका ९ वटा मोवाइल बरामद गरी धनीलाई फिर्ता दिएको हो ।
मोबाइल चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धरानमा बढ्न थालेपछि प्रहरीले यसको नियन्त्रणका लागि सक्रियता बढाएसँगै यसरी धमाधम मोबाइल चोरी गर्ने गिरोह पक्राउ गर्न थालेको हो ।
इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी रामेश्वर पौडेलले फेला पारेका यस्ता मोबाइलहरु १० हजारदेखि १ लाख सम्म रहेका छन् । उनले यस अवधिमा १ सय ५ वटा मोवाइल फेला पारी मोवाइल धनीलाई नै फिर्ता दिएको बताए ।
मोवाइल धनीहरुले समेत हराएको मोवाइल भेटाइन्छ भन्न विश्वास नभए पनि अन्तत प्रहरीको सक्रियताले मोवाइल भेटाएको भन्दै खुशी व्यक्त गरेका छन् । प्रविधिको विकाससंगै प्रहरीको सक्रियताले ६ महिना अगाडि हराएको सामसुङको मोवाइल भेटाएकोमा धरान १२ का अंकितमान श्रेष्ठले खुशी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद समेत दिए ।
मोवाइल चोर्नेले प्रायः गरेर राखेको ठाउँ, घरमा झ्याल ढोका खुल्लै पारेर सुतेको अवस्था तथा सडकमा हिँडिरहेको समयमा मोटरसाइकलमा आएका अज्ञात समूहरुले व्यालेन्स सकियो भन्दै फोन गर्न माग्ने र मोवाइल लिएर भाग्ने गरेको पाइएकोले यसमातर्फ सतर्क रहन धरान प्रहरीले आग्रह समेत गरेको छ ।
तस्वीरः लक्ष्मण थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *