भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

एजेन्सी, २६ असार

शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।

यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको हो।

हाल भारतमा कोरोनाका कूल संक्रमितको संख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ।

चौविस घण्टाको समयावधिमा कोरोना संक्रमणमा ४२ को मृत्यु भएको छ। कोरोना सुरु भएदेखि हालसम्म भारतमा पाँच लाख २५ हजार ४२८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

२४ घण्टाको सो अवधिमा चार लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ। यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

२४ घण्टाको समयावधिमा दश लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आइतबार जानकारी दिएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *